+
+

‘फेसियल हाउस’को १४ औं बार्षिकोत्सवमा भवानी र पूजाले काटे केक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते २०:५२

विगत १४ बर्षदेखि लोकप्रियता हासिल गर्दै संचालन भैरहेकोे ‘फेसियल हाउस’ले आफ्नोे बार्षिकोेत्सव सम्पन्न गरेको छ । नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौथों तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न गरिएकोे होे ।

बार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पुजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।
नायिका पुजा शर्माले भनिन्–‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’

यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।

फेसियल हाउसकी संचालीका सुष्मा महराले विगत १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।

फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’

बजारमा ब्युटी पार्लरकोे प्रतिस्पर्धा बढ्दै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाई छ । नेपालकै नम्बर १ ब्यूटी पार्लरकोे अवार्ड समेत जितेकोे योे हाउसबाट पैसा कमाउन भन्दा पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा आफू सफल हुने उनको भनाई थियोे ।

काठमाडौं मलमा दुई दर्जन भन्दा बढी ब्यूटी पार्लरहरु संचालनमा छन् । बजारमा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै महराले पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा सुरु भएको गुनासो गरिन् । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?