+
+

सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १०:३२

११ पुस, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्काे एक जना घाइते भएका छन् ।

शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ ।

यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर-मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा ए कजना महिलाको मृत्यु भभएको छ ।

मृत्यु हुनेमा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुन छन् । बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी उनको प्रादेशिक अस्पाताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने साइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?