+
+

यू-१९ एसिया कप : लगातार दुई हारपछि नेपाल बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:४७

११ पुस, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नाे दाेस्राे खेलमा श्रीलंकासंग ६० रनले पराजित भएकाे छ ।

श्रीलंकाले दिएकाे ३२३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनायाे । टेष्ट मान्यता प्राप्त राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपाल लगातार दुई हारपछि नेपाल समूह चरणबाटै बाहिरिएकाे छ ।

यस समूहबाट बंगलादेश र श्रीलंका लगातार दुई खेल जितेर सेमिफाइनल पुगेका छन् ।
नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ । कुवेत पनि लगातार दुई खेल हार्दै बाहिरिएकाे छ ।

नेपालकाे लागि विकेटकिपर अर्जुन साउदले सर्वाधिक ६४ रन बनाउँदा विवेक यादवले ४६, वासिर अहमदले ४३, बसन्त कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका लागि रविन डे शिल्भा र माथिस पाथिरानाले ३-३ विकेट लिए ।

सारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनाएकाे थियाे । श्रीलंकाका सदिशा राजापाक्षे र चामिन्दु विक्रमासंगेले शतक प्रहार गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएका श्रीलंका लागि सदिशा र चामिन्दुले २२३ रनको शानदार साझेदारी गरे ।

ओपनर शेभोन डानिलले १७ रन बनाए । कप्तान दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे । नेपालका मोहम्मद आदील आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?