+
+

गोलरहित बराबरीमा रोकियो आर्मी र थ्री स्टार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १८:५८

११ पुस, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा आइतबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र थ्री स्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाउनु पर्‍यो।

यस सिजन चोथो बराबरी खेलेको आर्मी ६ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । साथै आर्मीले सातौं चरणपछि शीर्ष स्थानमा रहेर एएफसी कप क्वालिफायर खेल्ने सम्भावना समेत सकिएको छ ।

यस्तै चौथो बराबरी नै खेलेको थ्री स्टार ६ खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?