
१२ पुस, काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा करिब ७० अंकको गिरावट आएको छ । दिनभर देखिएको तीब्र उतारचढावपछि कारोबार बन्द हुँदा नेप्से परिसूचक २.६९ प्रतिशतले घटेर बन्द भएको हो ।
शेयर कारोबार मापक नेप्से ६९ दशमलव ७७ अंकले घटेर २ हजार ५ सय २१ दशमलव ६५ अंकमा झरेको छ ।
नेप्से परिसूचकमा ठूलो गिरावट आउँदा पनि कारोबारमा भने आइतबारको भन्दा बढी उल्लास देखिएको छ । १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँ पुगेको छ ।
सोमबार सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोपावरका लगानीकर्ता देखिएका छन् । यस कम्पनीको शेयर मूल्य एकैदिन ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4