+
+

तीन बुँदे कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्छ : प्रकाण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते २०:०८

१३ पुस, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफूहरुसँग गरेको तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

जनपत्रकार संगठन कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुसँग गरेको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

‘ओलीले पाँच महिनासम्म हाम्रा साथीहरु रिहा गरेनन् । देउवाको सरकारलाई पनि हामीले कुरा राखिसकेका छौं । यो सरकारले पनि कार्यान्वयन नगरे सरकार र सरकार चलाउनेहरुले ठुलो क्षति बेहोर्नुपर्नेछ,’ उनले भने ।

नेता विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालमाथिको अमेरिकी हस्तक्षेप भएको बताए ।

‘एमसीसी राष्ट्रघाती सम्झौता हो । नेपालमाथिको अमेरिकी हस्तक्षेप हो । अहिलेको संसदीय व्यवस्थाका कारण देश संकटपूर्ण अवस्थामा छ । अब जनमत संग्रह गरेर मुलुकलाई निकास दिनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?