+
+

शिल्पा भन्छिन्- अभिनयमा पागलपन चाहिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १२:३९

१४ पुस, काठमाडौं । अभिनेत्री शिल्पा मास्केका लागि चलचित्र क्षेत्र अझै सुखद् बन्न सकेको छैन । आफूले अभिनय चलचित्रहरु लगातार बक्स अफिसमा असफल हुँदा शिल्पा चिन्तित बनेकी छन् ।

शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’बाट भने करिअर सुखद् हुने अपेक्षा शिल्पाले गरेकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले करिअरमा उतारचढाव भएपनि अभिनयमा पागलपन हुन आवश्यक रहेको बताइन् ।

‘चलचित्र निर्माण र अभिनय पनि एउटा पागलपन नै हो । किनकि, यति धेरै धैर्यता पागलपन भएन भने हुँदैन । किनकि, हाम्रो करिअरमा उतारचढाव खुबै हुन्छ । जब हामी तल झर्छौं । यसपछि हामीलाई धेरै मानिसहरुको प्रोत्साहन चाहिन्छ,’ उनले भनिन् ।

लामो समयपछि सञ्चारकर्मीमाझ प्रस्तुत भएकी शिल्पाले शिल्पाले ‘कठपुतली’ले हरर जनरामा नयाँ बाटो खोल्ने समेत दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?