+
+

वर्षाले बुटवलको ब्यापार मेला स्थगित

वर्षाका कारण बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला स्थगित भएको छ । मंगलबार रातिदेखि परेको वर्षा नरोकिएपछि बुधबार मेला बन्द गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १५:५८

१४ पुस, बुटवल । वर्षाका कारण बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला स्थगित भएको छ । मंगलबार रातिदेखि परेको वर्षा नरोकिएपछि बुधबार मेला बन्द गरिएको हो ।

उद्योग व्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेलामा बुधबार हुने सांस्कृतिकसहित सबै कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष एवं मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिए ।

‘वर्षाका कारण बुधबारका सबै कार्यक्रम स्थगित भएको छ’, गैरेले भने, ‘वर्षा रोकिएपछि बिहीबारदेखि मेला सञ्चालन हुन्छ ।’

स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ पुस ८ गते सुरु भएको मेलामा ४ सय ७० स्टल रहेका छन् ।

वर्षाका कारण स्टलहरुमा धेरै नभएको मेला सचिवालय संयोजक संघका महासचिव पदम जिसीले बताए । पुस २० गते चल्ने मेलामा दैनिक करिब ३ करोड रुपैयाँको कारोबार हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?