+
+

गौरीफन्टा नाकाबाट भारत लैजादै गरेकी युवतीको उद्धार, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १७:५२

१४ पुस, धनगढी । कैलालीसँग जोडिएको कञ्चनपुरको गौरीफन्टाबाट बेचबिखनका लागि भारततर्फ लैजादै गरेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुरबाट गौरीफन्टा नाकामा खडा गरिएको चेकप्वान्टको टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा कैलालीको लम्कीचुहा नगरपालिका-१ की १९ वर्षीया युवतीको उद्धार गरिएको जनाएको छ ।

ती युवतीलाई ललाइफकाइ गरेर भारत लगिरहेको अवस्थामा उद्धार गरेर सशस्त्र प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको राजिस्थान बस्ने अन्दाजी २१ वर्षीय अरुण कुमार र हरियाणा बस्ने १८ वर्षीय चिराग दुग्गललेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?