+
+

नयाँ मोदी–लाहाचोक प्रसारणलाइन सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १८:४६

१४ पुस, काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो ।

एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको  प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ ।

यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले भने,‘पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेसनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउनेछन् भने विद्युत चुहावट समेत घट्नेछ ।”

आयोजना अन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्तर्गत लाहाचोक लेखनाथ प्रसारणलाइन निर्माणधीन रहेको छ ।

सन् २०१८ जुलाई २१ वाट सुरु भएको उक्त आयोजनाको लाहाचोक–लेखनाथ खण्डमा भने स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?