+
+

सप्तकोशी डेभलपमेन्ट बैंकका थप दुई कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १९:५६

१४ पुस, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी र जीएसडी शाखा प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेको प्रहरीले लेखा/वित्त प्रमुख र अपरेशन प्रमुखलाई पनि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार लेखा/वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पक्राउ परेका हुन् । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिनाबारे अनुसन्धानका लागि पक्राउ पर्नेको संख्या चार पुगेको श्रेष्ठले बताए ।

प्रहरीले सीईओ सुवेदी र कर्मचारीहरु भण्डारी र थापा मगरलाई बुधबार पक्राउ गरेको हो । यो प्रकरणमा गत मंसिर १९ गते बैंकको जनरल सर्भिस डिपार्टमेन्ट(जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेको थियो ।

सीईओ सुवेदी र लेखा प्रमुख भण्डारी नेरुडे लघुवित्त कम्पनीमा लामो समयसँगै काम गरेका थिए । सुवेदीले नै भण्डारीलाई सप्तकोशी बैंकमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?