+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादी छाडेका ‘बादल’सहितका नेताहरुलाई ‘लालगद्धार’ घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते २१:२६

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका केही महाधिवेशन प्रतिनिधिले पार्टी छोडेर नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुलाई ‘लाल गद्धार’ घोषणा गर्न माग गरेका छन् ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक वैचारिक दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष सुनाउँदै केही महाधिवेशन प्रतिनिधिहरुले यस्तो माग राखेका हुन् ।

प्रदेश १ को समूहका तर्फबाट टोली नेता हर्कबहादुर नेम्वाङले सुझाव प्रस्तुत गर्दै एमालेमा रहेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत नेताहरुलाई लाल गद्धार घोषणा गर्न माग गरेका हुन् । उनीहरुले समग्र कम्युनिस्ट आन्दोलनमा गद्धारी गरेको उनको तर्क छ ।

अर्को समूहका नेता एवं १ नं. प्रदेश सरकारका पूर्वमन्त्री पदमबहादुर राईले माओवादी छाडेका ‘बादल’सहितका नेताहरुलाई ‘लालगद्धार’ घोषणा गर्ने माग उपयुक्त भएको बताए ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि बादलसहितका नेताहरु एमालेमै छन् । एकता भंग भएर माओवादी केन्द्र ब्युतिएपछि माओवादीमा रहनुपर्नेमा एमालेमा रहेर उनीहरुले गद्धारी गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?