+
+

माओवादीको बन्दसत्रमा सुझाव : पार्टीलाई पुनर्जीवन दिन प्रचण्ड विचारधारा भनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १२:२६

१५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ ।

प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा)ले यो सुझाव पेश गरेका हुन् । प्रचण्डपथ तत्कालीन समयको विचार भएकाले अब त्यसलाई परिमार्जन गरेर ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने उनको सुझाव छ ।

पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन अग्रगामी रहेको समेत उनले बताए । ‘अहिले प्रचण्डको दस्तावेज आएको छ यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने गरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाऔं,’ उनले भने ।

उनले भने, ‘प्रचण्ड विचारधाराको नेतृत्वमा वृहत कम्युनिस्ट एकताको आह्वान गरौं । यसले मात्रै माओवादीलाई पुनर्जीवन दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?