
१५ पुस, काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरिएको छ ।
बुधबार साउदी अरबमा ७४४ जना नयाँ संक्रमित थपिएको सरकारी समाचार माध्यम साउदी प्रेस एजेन्सीले जनाएको छ । जुन संख्या यसअघिको भन्दा धेरै हो । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले बिहीबारदेखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् ।
विश्वभर र देशभित्र समेत कोभिड-१९ का संक्रमित वृद्धि भइरहेका बेला साउदी अरबमा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागू गरिएको समाचारमा उल्लेख छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ लाख ५४ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गम्भीर संक्रमितको संख्या ४३ रहेको मन्त्रालयको भनाइ छ ।
केही समयअघि साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड खोपको दोस्रो डोज लगाएको ३ महिनापछि मानिसहरूले बुस्टर डोज लगाउन सक्ने बताएको थियो । त्यस्तै, मन्त्रालयले मानिसहरूलाई बढ्दो संक्रमण र नयाँ ओमिक्रोन भेरियन्टको त्रासबीच अनावश्यक विदेश भ्रमण नगर्न समेत भनिसकेको छ ।
प्रतिक्रिया 4