+
+

महात्मा गान्धीको अपमान गरेको आरोपमा हिन्दू गुरु कालिचरन पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १४:४४

१५ पुस, काठमाडौं । भारतको प्रहरीले महात्मा गान्धीको अपमान गरेको आरोपमा एक हिन्दू गुरुलाई पक्राउ गरेको छ ।

बिहीबार छत्तीसगढ प्रहरीले हिन्दू गुरु कालिचरन महाराजलाई मध्य प्रदेशबाट पक्राउ गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । महात्मा गान्धीको अपमान गर्दै उनका हत्यारा नाथुराम गोड्सेको तारिफ गरेको भन्दै उनीविरुद्ध आइतबार उजुरी दर्ता भएको थियो ।

कांग्रेस नेता प्रमोद दुबेले उजुरी दिएपछि कालिचरनविरुद्ध एफआईआर दर्ता भएको हो । उनी एफआईआर दर्ता भएको ४ दिनपछि पक्राउ परेका हुन् । उनलाई छत्तीसगढमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।

डिसेम्बर २५ र २६ गते छत्तीसगढमा आयोजित ‘धर्म संसद’ कार्यक्रममा अतिथिको रुपमा बोलाइएका कालिचरनले महात्मा गान्धीलाई अपमान गरेका थिए । ‘गान्धीले मुलुक ध्वस्त पारे र उनको हत्या गर्ने नाथुराम गोड्सेलाई सलाम’, सो कार्यक्रममा बोल्दै उनले भनेका थिए ।

प्रहरी छानबिन पूरा भएपछि कालिचरनविरुद्ध अदालतमा अभियोग पत्र दर्ता गरिने छ । यदि दोषी ठहर भए उनलाई ४ देखि ५ वर्षको जेल सजाय हुन सक्ने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?