+
+
Shares

कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते १५:५५

१५ पुस, काठमाडौं । एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।

बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो । ‘कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न सकिएको छैन, तर हाम्रो सबै सिस्टम ठीक छ’ बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘धम्की आइसकेपछि हामी अलर्ट बस्नै पर्‍यो, अहिले भने सबै ठीक देखिएकाले अब सिस्टम अन गर्छौं ।’

कामु सीईओ तिमल्सिनाका अनुसार बिहीबार साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारी छ । धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?