
१५ पुस, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा सोलुखुम्बुमा निर्माण गरिएको एक विद्यालय भवन हस्तान्तरण गरिएको छ । एक समारोहको आयोजना गरी सोलु दूधकुण्ड नगरपालिका-१, नुनथलास्थित टाक सिन्धु सेकेण्डरी स्कुललाई सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष महेन्द्रराज भुसालले वडाध्यक्ष छोङ्मा लामा शेर्पाको उपस्थितिमा १ लाख ६९ हजार ७०० अमेरिकी डलर (करिब दुई करोड रुपैयाँ)को लागतमा निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयको सुविधासम्पन्न भवन निर्माणका लागि एन्डर्स डु बेले, आरआईडी-१५१०, नेपाल एट भु, फ्रान्स लगायतका संस्थाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष भुसालले जानकारी दिए । नवनिर्मित भवनमा १२ वटा कक्षाकोठा, शौचालय र बाथरुम रहेका छन् ।
कार्यक्रममा सोलु दूधकुण्ड नगरपालिका-१ का वडाध्यक्ष शेर्पा, रोटरी क्लब अफ बानेश्वरका संस्थापक अध्यक्ष विष्णुबहादुर कार्की, नेपाल एट भु, फ्रान्सका नेपाल संयोजक ग्याल्जेन शेर्पा लगायतले आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले रोटरी क्लब अफ बानेश्वरले गरिरहेका विभिन्न सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन सुझाव समेत दिएका थिए ।
प्रतिक्रिया 4