+
+

बिहानैदेखि हुस्सु र कुहिरो, आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते ७:२१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा फन्को लगाइरहेका जजिरा एयरवेजका जहाज । तस्वीर : फ्लाइट राडार

१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुनसकेका छैनन् ।

भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प रहेको बताए । धनगढी विमानस्थल भने खुलेको छ तर काठमाडौंको एयरपोर्ट नखुलेकाले उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?