+
+

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते ९:०४

१६ पुस, काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा दुईओटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएका थिए ।

गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीमा आज बिहान पिकअप भ्यानले ठक्कर दियो

यसैबीच आज बिहान सुनसरीको कोशी गाउँपालिका ८ नन्कुटोलमा पिकअप भ्यानको ठक्करबाट एकजना पुरुष गम्भीर घाइते भएका छन् ।

नाम थर ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष घाइते भएका हुन् । आज बिहान साढे ३ बजे ना ४ ख ६३६७ नम्बरको पिकअप भ्यानले उनलाई ठक्कर दिएको थियो । उनको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।

पिकअप भ्यानसहित चालकलाई सीमा प्रहरी चौकी भाण्टाबारीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?