+
+

भारतलाई यू-१९ एसिया कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १८:५७

१६ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट २०२१ को उपाधि भारतले जितेको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

श्रीलंकाले दिएको १०२ रनको लक्ष्य भारतले १ विकेट गुमाएर २१.३ बलमा पूरा गर्‍यो । भारतको जितमा अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले । शाइक राहिदले अविजित ३१ रन बनाउँदा हर्नर सिंह ५ रनमा पबेलियन फर्किए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । तर, वर्षाले प्रभावित गरेपछि खेल ३८ ओभरमा झारिएको हो । ३८ ‌ओभरमा झार्दा भारतले १०२ रनको लक्ष्य पाएको हो ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई १०३ रनले हराएको थियो भने श्रीलंकाले पाकिस्तानलाई २२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । भारते आठौं पटक उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?