+
+

मोनाकोका प्रशिक्षक निको कोभाक बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १२:१६

१८ पुस, काठमाडौं। फ्रेन्च लिग वान क्लब मोनाकोले मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ । मोनाकोले शनिवार विज्ञप्ती जारी गर्दै कोभाकलाई जिम्मेवारीबाट हटाएको जनाएको छ ।

‘एएस मोनाकोले निको कोभाकसँग सम्बन्ध टुङ्गाउने निर्णय गरेको छ । क्रोएसियाली प्रशिक्षकलाई बिहीबार प्रारम्भिक बैठकमा जानकारी गराइएको थियो ।’ मोनाकोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मोनाकोले करिब १८ महिनापछि कोभाकलाई बर्खास्त गरेको हो । जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक समेत रहेका कोभाक २०२० को जुलाईमा मोनाकोका प्रशिक्षक बनेका थिए ।

यस सिजन लिगमा राम्रो प्रदर्शन गर्न नसकेको मोनाकोले कोभाकलाई बर्खास्त गरेको हो ।

मोनाको यस सिजन लिगमा २९ अंकसिहतर छैटौं स्थानमा छ ।

कोभाक बर्खास्तमा परेपछि मोनाकोले चाँडै नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने र तत्कालका लागि रिजर्भ टिमका प्रशिक्षक स्टेफान नाडोले मुख्य टिम हेर्ने जनाएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?