+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १२:५१

१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।

विराटनरगबाट काठमाडौं आएकी सिनामंगल बस्ने विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सौर्य एयरलाइन्सको जहाजमा विराटनगरबाट काठमाडौं आउँदा एयरलाइन्सका स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरणबाट खटिएको प्रहरीले उक्त झोला जाँच गर्ने क्रममा पोखरेललाई स्रोत नखुलेको उक्त रकमसहित
पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी सौर्य एयरलाइन्समा एसिसटेन्टको रुपमा कार्यरत कर्मचारीसमेत हुन् । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?