+
+

आम नागरिक र साना तथा मझौला व्यापारका लागि तरलता विश्लेषण

परिपक्वता बेमेल प्रायः वित्तीय संस्थाहरूको व्यापार मोडेलको एक सामान्य र अन्तर्निहित भाग हो, तर तिनीहरू सामान्यतया तत्काल दायित्वहरू पूरा गर्न कोषहरू सुरक्षित गर्न आवश्यक पर्ने निरन्तरताको स्थितिमा हुन्छन् र रहेका पनि छन् ।

शेरजंगबहादुर चन्द शेरजंगबहादुर चन्द
२०७८ पुष १८ गते १४:५१

तरलता के हो ?

बैंकले तुरुन्तै नगदका रूपमा दिन सक्ने क्षमता नै बैंकको तरलता हो । बैंकले आफ्ना निक्षेपकर्ताको रकम लगानी गरी मुनाफा कमाइरहेको हुन्छ तर बैंक तथा वित्तीय संस्थाहरूको दायित्व निक्षेप सँगै ब्याज पनि मागेको समयमा तुरुन्तै दिनुपर्ने हुन्छ ।

बैंकले आफ्ना निक्षेपकर्ताले मागेको बखत नगद दिनुपर्ने हुन्छ, बैंकको यही क्षमता नै तरलता हो । कुनै पनि वित्तीय सम्पत्ति सरल तरिकाबाट खर्च योग्य रूपमा परिवर्तन गर्ने अवस्थालाई तरलता भनिन्छ ।

अर्थशास्त्रको सिद्धान्त अनुसार तरलता बढ्दा ब्याजदर घट्ने र मुद्रास्फीति बढ्ने हुन्छ । साथै, तरलता घट्दा ब्याजदर बढ्ने र मुद्रास्फीति दब्ने अवस्था आउँछ । त्यसैले तरलता बढी हुनु वा तरलता कम हुनु देशको अर्थतन्त्रको लागि राम्रो होइन भनी सीधै बुझ्न सकिन्छ ।

किन आर्थिक अस्थिरतामा तरलता अधिक आवश्यक हुन्छ ?

जतिजति आर्थिक अस्थिरता बढ्दै जान्छ त्यतित्यति नै आम नागरिकलाई तरलताको खाँचो पर्दछ । आर्थिक मन्दीको बेला त झन् तरलताको खाँचो पर्दछ । फलस्वरूप आमनागरिकले नगद जम्मा आफैंसँग राख्न चाहन्छन् । नगद जम्मा पश्चात् बैंकिङ रूपमा निक्षेप जम्मा गर्न चाहन्छन् ।

हातमा रहेको नगद रकम खातामा राखेका रकमहरू, सेयर फण्ड आदि तरलता अन्तर्गत पर्दछन् भने घर, जग्गा, गाडी, सुनचाँदीलाई तरलतामा लिन सकिंदैन । तरल सम्पत्ति अधिक लचिलो हुने भएकोले विभिन्न विधामा प्रयोग गर्न सकिन्छ । त्यसकारण आर्थिक अस्थिरतामा तरलता अधिक आवश्यक हुन्छ ।

घर, जग्गा, गाडी, सुनचाँदी आर्थिक मन्दीको समयमा काम नलाग्न सक्दछन् र यी बेचेर नगद ल्याउन समय लाग्ने भएकोले बेच्ने समयमा आवश्यकता अनुसारको नगद पनि प्राप्त नहुने खतरा रहन्छ । त्यसकारण आर्थिक अस्थिरतामा तरलता अधिक आवश्यक हुन्छ ।

साना तथा मझौला व्यवसायमा तरलता कमि

जब व्यवसायसँग तरल सम्पत्तिहरू हुँदैन (नगद वा अन्य उच्च बजार योग्य सम्पत्तिहरूमा) यसको छोटो अवधिको दायित्वहरू पूरा गर्न आवश्यक हुन्छ भने यसले तरलता समस्याको सामना गर्दछ । दायित्वहरूमा ऋण तिर्न, यसको चलिरहेको परिचालन बिलहरू तिर्ने, र यसका कर्मचारीहरूलाई भुक्तान गर्ने समावेश हुन सक्छ ।
लामो अवधिमा यी सबै पूरा गर्न यी व्यवसायको कुल सम्पत्तिमा पर्याप्त मूल्य हुन सक्छ, तर छोटो समयमा यदि तिनीहरूलाई तिर्नको लागि पर्याप्त नगद छैन भने त्यसपछि यो पूर्वनिर्धारित हुनेछ र लेनदारहरूले पुन: भुक्तानीको माग गरेपछि अन्ततः दिवालिया हुन सक्छ ।

समस्याको जड सामान्यतया व्यवसायले गरेको लगानीको परिपक्वता र व्यवसायले आफ्नो लगानी वित्तपोषण गर्नको लागि खर्च गरेको दायित्वहरू बीचको बेमेल हो । यसले नगद प्रवाह समस्या उत्पन्न गर्दछ, जहाँ व्यवसायका विभिन्न परियोजनाबाट अपेक्षित राजस्व छिट्टै पुग्न सक्दैन वा सम्बन्धित वित्तीयतर्फ भुक्तानी गर्न पर्याप्त मात्रामा पुग्दैन ।

वैकल्पिक रूपमा, व्यवसायले ऋणदाताहरूबाट थप छोटो-अवधि ऋण लिएर वा हातमा तरल सम्पत्तिको पर्याप्त स्व-वित्त रिजर्भ कायम गरेर निरन्तर रूपमा परिपक्वताहरू मिलाउन प्रयास गर्न सक्छ (अर्थात् इक्विटी होल्डरहरूमा भर पर्दै) तिनीहरू आउने बित्तिकै भुक्तानीहरू गर्न । कारण धेरै व्यवसायहरूले व्यापार आवश्यकताहरू पूरा गर्न छोटो अवधिको ऋणमा भर परेर यो गर्छन् । प्राय: यो वित्तपोषण एक वर्ष भन्दा कमको लागि संरचित हुन्छ र कम्पनीलाई पेरोल र अन्य मागहरू पूरा गर्न मद्दत गर्न सक्छ ।

यदि कुनै व्यवसायको लगानी र ऋण परिपक्वतामा मेल खाँदैन भने, अतिरिक्त छोटो अवधिको वित्तपोषण उपलब्ध छैन, र स्व-वित्तपोषित भण्डारहरू पर्याप्त छैनन् । तब व्यवसायले या त नगद उत्पन्न गर्न अन्य सम्पत्तिहरू बेच्नुपर्नेछ । जब फर्म/कम्पनीले तरलता अभावको सामना गर्दछ र यदि आफ्नो दायित्वहरू पूरा गर्न पर्याप्त सम्पत्तिहरू लिक्विडेट गरेर तरलता समस्या समाधान गर्न सक्दैन भने कम्पनीले दिवालियापन घोषणा गर्नुपर्छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरू विशेषगरी यस प्रकारको तरलता समस्याको चपेटामा परेका छन् किनभने तिनीहरूको ठूलो हिस्सा घर धितो वा पूँजी लगानीका लागि दीर्घकालीन ऋण दिएर र निक्षेपकर्ता खाताहरूबाट अल्पकालीन ऋण लिएर आर्जन हुन्छ ।

परिपक्वता बेमेल प्रायः वित्तीय संस्थाहरूको व्यापार मोडेलको एक सामान्य र अन्तर्निहित भाग हो, तर तिनीहरू सामान्यतया तत्काल दायित्वहरू पूरा गर्न कोषहरू सुरक्षित गर्न आवश्यक पर्ने निरन्तरताको स्थितिमा हुन्छन् र रहेका पनि छन् ।

तरलता कम भएको बेला के गर्ने ?

१. खरीद कार्य रोक्नुस्-

तरलता कम भएको बेला खरीदकर्तालाई सामानको मूल्य त्यही भएतापनि तरलताका विभिन्न प्रयोग हुने भएकोले साथै अन्य राम्रा अवसरहरू प्राप्त हुने भएकाले खरीदकर्तालाई सामान महँगो पर्न सक्दछ । त्यसकारण खरीद कार्य केही समयका लागि रोक्नुस् र सही समयको प्रतीक्षा गर्नुस् ।

२.सम्पत्ति र शेयर-

तरलता कम भएको बेला सम्पत्ति र शेयरमा शुरुको केही दिन/हप्ता/महीना मूल्य वृद्धि हुन सक्दछ तर त्यो लामो अवधिका लागि हुँदैन । त्यसकारण सम्पत्ति र शेयर केही समयसम्म खरीद नगर्नुस् ।

परिपक्वता बेमेल प्रायः वित्तीय संस्थाहरूको व्यापार मोडेलको एक सामान्य र अन्तर्निहित भाग हो, तर तिनीहरू सामान्यतया तत्काल दायित्वहरू पूरा गर्न कोषहरू सुरक्षित गर्न आवश्यक पर्ने निरन्तरताको स्थितिमा हुन्छन् र रहेका पनि छन् ।

केही समय पश्चात् बिक्रीकर्ता अधिक र तरलताका कारण खरीदकर्ता कम हुने भएकाले सम्पत्ति र शेयरको मूल्यमा कमि आउने छ र खरीदकर्ताका लागि उक्त समय लाभकारी हुनेछ तर बिक्रीकर्ताका लागि यो समय सम्पत्तिको मूल्य गुमाउने बेला हुनेछ ।

३.ऋण तिर्नुस्

घर जग्गा गाडी आदिका लागि यदि तपाईंले ऋण लिनुभएको छ भने तरलताका कारण ब्याजदरमा वृद्धि हुनेछ । राष्ट्र बैंकले तरलता बढाउनका लागि ऋण ब्याजदरमा वृद्धि गर्न सहमति दिनेछ त्यसकारण यदि सक्नुहुन्छ भने ऋण तिर्नुस् ।

ऋण नतिरेको खण्डमा घर जग्गाको मूल्य महँगो हुनेछ वा उक्त सम्पत्ति गुमाउन पनि सक्नुहुनेछ । यस्तो बखतको लागि ओभरड्राफ्ट जस्ता ऋणहरू बढी प्रभावकारी रहन्छन् । त्यसैले ऋण नै लिनुपर्ने अवस्था आएमा ओभरड्राफ्ट जस्तो ऋणको प्रयोग गरौं ।

४. सम्पत्ति नबेच्नुस्

हाल देशमा तरलताको कमि रहेको छ । यस बखत तपाईंले आफनो सम्पत्तिको उचित मूल्य पाउने सम्भावना कम रहन्छ । तरलता कम भएको बेला सबैले सम्पत्ति किन्न चाहँदैनन् र तपाईंको सम्पत्तिको खरीदकर्ताहरू कम हुन्छन् । जब खरीदकर्ता कम हुन्छन् तब तपाईंको सम्पत्तिको माग पनि कम हुन्छ र मूल्य भने अनुसारको मिल्दैन वा भन्नुपर्दा कम मूल्यांकन गरिन्छ ।

त्यसकारण तपाईंले तरलताको कमि भएको बेला सम्पत्ति नबेच्नुस् । यदि तपाईं खरीदकर्ता हो भने यो समय सम्पत्ति त खरीद गर्न सक्नुहुन्छ तर यो भन्दा पनि राम्रो अवसर प्राप्त हुने भएकोले तपाईंले खरीद गर्न केही समय कुर्दा उचित हुन्छ ।

५.गहिरो ऋण लिने कार्य नगर्नुस् वा ऋणी नबन्नुस्

हालको तरलता कमि रहेको बेला सकेसम्म ऋण नलिनुस् । किनकि तपाईं एक त महँगो ऋण ब्याजदरमा पर्नुहुन्छ । अर्को तपाईं हालको अवस्था ऋण लिएर केही कार्य गर्न चाहनुहुन्छ भने त्यसमा लगानी बढी लाग्ने तथा जोखिम रहने खतरा हुन्छ ।

त्यसकारण यस अवस्थामा कम लगानी गर्नतिर लाग्नुस् । साथै कम नगद परिचालन गर्नुस् । ऋण लिएर सम्पत्ति वा केही खरीद गर्दा सामान्य अवस्था भन्दा बढी जोखिम रहने भएकोले यस्तो अवस्थामा आफूलाई सकेसम्म ऋणी नबनाउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?