+
+

सौर्य एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १५:२६

१८ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँ बरामद भएको प्रकरणमा सौर्य एयरलाइन्स विराटनगर शाखाका स्टेशन इन्चार्ज प्रकाश पौडेल पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । यसअघि शनिबार विराटनगरबाट सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू-२४ मा काठमाडौं आएकी सिनामंगलकी ३३ वर्षीया रेशा शाक्य पोखरेल स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी थिइन् ।

पोखरेलको बयानका आधारमा सौर्यका स्टेसन इन्चार्ज पक्राउ परेका हुन् । प्रहरी अनुसन्धानमा उक्त रकम पौडेलले पठाएको खुलेपछि आइतबार उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्रेर स्टेशन इन्चार्ज पौडेललाई  विभागमा बुझाएको राजश्व अनुसन्धान विभागका सूचना अधिकारी टंकप्रसाद पाण्डेयले बताए । ‘प्रहरीले भर्खरै उहाँलाई विभागमा बुझाएको छ, हामी अदालत लगेर म्याद थप्दैछौं,’ पाण्डेयले भने । स्रोत नखुलेको रकम र प्रयोजनबारे उनीहरुसंग थप अनुसन्धान हुने पनि पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?