+
+

लिफ्टिङ आयोजनाबाट उजुङका २८४ घरमा खानेपानी सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १६:४७

१८ पुस, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका-१ उजुङमा खानेपानीको समस्या समाधान भएको छ ।

स्थानीय दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर बस्तीमा पुर्‍याइएपछि २८४ घरको खानेपानी समस्या समाधान भएको हो ।

पहिले ३-४ गाग्री पानीका लागि दिन बित्ने गरेकामा अहिले धेरै सहज भएको स्थानीय लक्ष्मी कँवरले बताइन् । स्थानीय चुमा कुँवरका अनुसार नजिकका मुहान सुकेपछि पानी लिन जाँदा आधा रातमै उठेर जानुपर्थ्यो।

घरमै धारामा पानी आउन थालेपछि घर छेउमा केही तरकारी पनि लगाउन थालेको स्थानीय राधा विकले बताइन् । ०७० सालमा सुरु भएको दुनदुरे खोला उजुङ हर्पुकोट खानेपानी आयोजना ०७७ सालमा पूरा भएको हो ।

यो आयोजनामा संघीय सरकारले ३ करोड १६ लाख ४१ हजार तथा स्थानीय तह र उपभोक्ताले ७९ लाख ३६ हजार २३१ रुपैयाँ लगानी गरेका छन् । गाउँमा खानेपानीको सहज व्यवस्था भएपछि खुसी भएको खानेपानी आयोजना निर्माण समितिका सचिव नारायण कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?