+
+
Shares

गुर्जुधारा यातायात व्यवस्था विभागबाट १६ जना बिचौलिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १९:४६

१९ पुस, काठमाडौं । प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट १६ जना विचौलियालाई पक्राउ गरेको छ ।

लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि १६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-६ बस्‍ने २३ वर्षीय सुबिन लामा, चन्द्रागिरि ५का २४ वर्षीय शौरव श्रेष्ठ, चन्द्रागिरीकै २७ वर्षीय राजेश खड्की, चन्द्रागिरिकै २१ वर्षीय रविन कार्की, चन्द्रागिरिका २५ वर्षीय अजय महर्जन र चन्द्रागिरिकै २६ वर्षीय हरिकृष्ण पहरी रहेका छन् ।

यस्तै धरान बस्‍ने २७ वर्षीय राकु तामाङ, अछाम घर भएका २१ वर्षीय एकेन्द्र बुढा, ओखलढुंगा घर भएका ३८ वर्षीय विरेन्द्र कटुवाल, तनहुँ घर भएका २३ वर्षीय शुसान्त राजभण्डारी, मकवानपुर घर भएका १९ वर्षीय विशाल लामा, रोल्पा घर भएका २३ वर्षीय जीवन मगर, झापा घर भएका २८ वर्षीय विशाल मेचे, ओखलढुंगा घर भएका २१ वर्षीय विवेक न्‍यौपाने, ललितपुर घर भएका ३४ वर्षीय रुद्रबहादुर महत र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय छिरिङ तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?