+
+

अमेरिकालाई इरानको चेतावनी- ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते ९:१६

२० पुस, बार्सिलोना । इरानले जनरल कासिम सुलेमानीको हत्या अभियोगमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा नचलाए अमेरिकासँग बदला लिने चेतावनी दिएको छ ।

अमेरिकी सेनाको हवाई आक्रमणमा मारिएका सुलेमानीको दोस्रो वारि्षकीमा इरानका राष्ट्रपति इब्राहिम रइसीले सो चेतावनी दिएका हुन् ।

कासिम सुलेमानी कुद्स फोर्सको शीर्ष कमाण्डर थिए । ३ जनवरी २०२० मा अमेरिकाले गरेको ड्रोन आक्रमणमा उनी मारिएका थिए । उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको थियो ।

सोमबार इरानी राष्ट्रपति रइसीले भनेका छन्, ‘यदि सुलेमानीको हत्या अपराधमा ट्रम्प र तत्कालीन विदेशमन्त्री माइक पोम्पियोमाथि मुद्दा नचलाएमा हामी हाम्रो शहरी जनरलको मृत्युको बदला लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?