+
+

राष्ट्रिय सभा निर्वाचनको संघारमा ५७ उपसचिवहरुको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १३:२१

२० पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको संघारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।

सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । राष्ट्रिय दलित आयोगका जयबहादुर खड्का क्षेत्री र चाँगुनारायण नगरपालिका भक्तपुरका अग्नि प्रसाद अधिकारीलाई मन्त्रालय तानेर अतिरिक्त समूहमा राखिएको छ ।

यस्तै पहिलेदेखि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सम्झना देवकोटा र बसन्त बहादुर बोहरालाई यथावतै राखिएको छ । अन्य उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा पठाइएको छ ।

राष्ट्रिय सभा निर्वाचन नजिकिएकाले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर बाहेकका अन्य कर्मचारीहरुको भने अन्तर स्थानीय तह सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।

हेर्नुहोस् उपसचिवहरुको सरुवा सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?