+
+

अक्षय कुमारको ‘पृथ्वीराज’ जनवरी २१ मा रिलिज नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १५:३८

२० पुस, काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितको संख्या बढेपछि विभिन्न राज्यमा सिनेमा हल बन्द भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव भारतका चलचित्रलाई परेको छ ।

दुई चरणको कोरोना महामारीका कारण समस्यामा परेका निर्माता र प्रदर्शकले बल्ल राहतको सास फेर्न थालेका थिए । तर, ओमिक्रोन भेरियन्टको खतरा बढेपछि भारतमा धमाधम सिनेमा बन्द गर्न थालिएको छ ।

यसअघि चलचित्र ‘जर्सी’ र ‘आरआरआर’को रिलिज मिति स्थगित भइसकेको छ । अब जनवरी २१ मा रिलिज हुने भनिएको अक्षय कुमार र मानुषी छिल्लर अभिनित चलचित्रको रिलिज मिति पनि पोष्टपोन्ड भएको छ ।

बलिउड चलचित्रले सर्वाधिक कमाइ गर्ने महाराष्ट्रमा ५० प्रतिशत मात्र अकुपेन्सीमा हल सञ्चालन गर्न पाइन्छ भने राति ८ बजेपछि हल बन्द गर्नुपर्ने नियम लगाइएको छ । यस्तै, दिल्लीका सबै हल पूर्ण रुपमा बन्द भइसकेका छन् । आन्ध्रप्रदेश र तमिलनाडुमा पनि ५० प्रतिशत अकुपेन्सीमा मात्र हल चलाउन पाइने नियम छ ।

यिनै कुरालाई मध्यनजर गर्दै चलचित्र ‘पृथ्वीराज’को निर्माणपक्षले प्रदर्शन पोष्टपोन्ड गरेको जनाइएको छ ।

यशराज ब्यानरले निर्माण गरेको यो चलचित्र ऐतिहासिक कथामा आधारित छ । चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?