+
+

दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १२:५४

२१ पुस, सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका  अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका-६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् ।

सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ मा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?