+
+

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा शुरु

राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा शुरू गरेको छ । तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा बुधबारबाट सेनाले पदयात्रा शुरु गरेको हो ।

विकास मरहट्टा  विकास मरहट्टा 
२०७८ पुष २१ गते १७:०९

२१ पुस, गोरखा। राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा शुरू गरेको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा बुधबारबाट सेनाले पदयात्रा शुरु गरेको हो ।

दरवारको हनुमान भन्ज्याङबाट शुरु भएको पदयात्रामा नेपाली सेनाको रिपुमर्दन गणका ४० जना सहभागी छन् ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज)का झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालिन पोशाकमा बाजागाजासहित टोली यात्रामा निस्किएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए ।

उक्त टोलीले धादीङको शिवदल गणलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । ‘धादीङले नुवाकोटको जवरजंग गणलाई हस्तान्तरण गर्छ,’ उनले भने, ‘पुस २७ गते नुवकोटको टोली झण्डा र टर्चसहित काठमाडौं पुग्छ र कार्यक्रममा सहभागी हुन्छ ।’

पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत पदयात्रा गरिएको गणपती बिष्टले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाइ एकीकरण मार्गको रुपमा बिकास गर्न विगत तीन वर्षबाट पदयात्रा शुरु गरेका हौ, वर्षेनी यसले निरन्तरता पाउछ,’ उनले भने । उक्त मार्गको दुरी २६ कोष रहेको बताइएको छ ।

पदयात्रामा सहभागी टोलीलाई मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले संयुक्त रुपमा टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका हुन् ।

पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत बिगत तीन वर्षदेखि पदायात्र हुदै आएको छ । कोभिडका कारण गत वर्ष भने पदयात्रा हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?