+
+

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयघातबाट निधन, जिल्ला अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ८:३६

२२ पुस, रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए ।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले केन्द्रीय सदस्य कुमार दसौदीले सामाजिक सन्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?