+
+

छ्याङ्दी हाइड्रोपावरले माघ ११ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १२:५६

२३ पुस, काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले आगामी माघ ११ गतेदेखि हकप्रदश शेयर निष्कासन गर्ने भएको छ । हकप्रदश निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ पुसमा अनुमति प्रदान गरेको थियो ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?