+
+

एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते ८:२६

२४ पुस, दाङ । नेकपा (एमाले)  दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।

एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।

जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी,  उप-सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी  गठन भएको छ ।

अधिवेशनमा एक हजार ६००  प्रतिनिधि सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?