
२५ पुस, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताए ।
खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उनको भनाइ छ ।
मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए ।
यो साताबाट तरलता केही सहज बनेको उनले बताए । अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4