+
+
Shares

र्‍यापर लाउरे थप १७ दिन हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १९:४०

२५ पुस, पोखरा । लागूऔषधसम्बन्धी आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि अदालतले उनीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएकामा सो म्याद सकिएपछि प्रहरीले थप १७ दिन हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

लागू औषधसम्बन्धी मुद्दाका अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई कानुनले छुट दिएको छ । ‘पहिलो मितिको म्याद सकिएपछि दोस्रो पटकको म्याद थपिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘अनुसन्धान अधिकृतहरुले अनुसन्धान गर्दै हुनुहुन्छ ।’

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा नयाँबजारका ३२ वर्षीय र्‍यापर लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ ब्राउन सुगर नामक लागूऔषधसहित पक्राउ परेका थिए ।

पुस १४ गते साँझ करिब ७ बजेतिर उनीहरुलाई सिर्जनाचोकबाट प्रहरीले पक्राउ गरेको थियो ।
१५ गते सार्वजनिक विदा भएका कारण १६ गतेबाट मात्रै अदालतबाट अनुमति लिएर उक्त मुद्दामा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी स्रोतका र्‍यापर लाउरेले लागुऔषध सेवन गर्नेबारे भने स्वीकारिसकेका छन् ।

लागूऔषध कारोबारबारेको सूचना पश्चात सुरुमा नवीन गुरुङको साथबाट ०.५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । पछि सोधपुछका क्रममा सुस्मिता गुरुङको कोठामा १२.५० ग्राम ब्राउन सुगर लुकाइराखेको भेटिएको थियो ।

प्रहरीले उनीहरुबाट डिजटल तराजु १ थान, ३८ हजार ३५० रुपैयाँ नगद, ५ सेट मोबाइल र ग २१ प ३३२३ नम्बरको एउटा स्कुटर बरामद गरेको छ ।

कारोबार पुष्टि भएको खण्डमा र्‍यापर लाउरेसहितको समूहलाई ५ वर्षसम्म जेल हुन सक्छ । तर, कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ ।

पोखरा नयाँबजारका राना ‘रअ बाज’ र्‍याप ब्याटलपछि चर्चामा आएका थिए । पछि उनले लाहुरे, मेरो सोल्टा, हाउडे, केस नं ४२०, पोखरालगायत गीतबाट युवापुस्तामाझ लोकप्रिय बनेका थिए । उनले गीतसंगीत हुँदै तान्डव नामक फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?