+
+

बाहुबलीका ‘कटप्पा’ कोरोनाबाट संक्रमित, अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते ६:५६

२६ पुस, काठमाडौं । दक्षिण भारतका चर्चित अभिनेता सत्यराज कोरोनाबाट संक्रमित भएका छन् । उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

६७ वर्षीय सत्यराज चलचित्र बाहुबलीका सिरिजमा ‘कटप्पा’को भूमिकामा छन् । यही अभिनयबाट उनी चर्चित बनेका थिए । सामाजिक सन्जालमा उनका प्रशंसकहरुले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार कोरोना संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको हो । स्वास्थ्य परीक्षण रिपोर्ट सुरुमा पोजेटिभ देखिनासाथ उनी घरमै क्वारेन्टिनमा थिए ।

तमिलनाडुको कोयंबटुरमा बस्ने सत्यराजको वास्तविक नाम भने रंगराज सुब्बैया गौडर हो । सत्यराज उनको पेशेवर नाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?