+
+

मिनभवन र बिजुलीबजारमा भएका दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते ८:३६

२६ पुस, काठमाडौं । काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ ।

बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा विपिनमा सडकमा निस्किएका थिए । त्यहीबेला विपिनलाई टिपरले ठक्कर दिएको र  सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ । 

ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?