+
+

दाङमा बस दुर्घटना अपडेट : ९ महिने शिशुको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १०:०३

२६ पुस, दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।

बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् । घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

त्यस्तै बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?