+
+

पीएम कप क्रिकेट : पुलिसको २ रनको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १२:५१
पुलिसका आरिफ शेख । फाइल फोटो

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ ।

दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो ।

पुलिसका आरिफ शेख र करण केसीले उत्कृष्ट बलिङ गरेपछि ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसलाई जित दिलाउन आरिफले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै यसै सिजनदेखि पुलिसबाट खेलेका करण केसीले ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले पनि १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे । यस्तै आरिफ शेखले १० रन बनाए । गुल्शन झा ५ रनमा अविजित रहे ।

सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३-३ तथा शेर मल्लले २ विकेट लिए । आदित्यले ३ ओभरमा ९ र नारायणले ४ ओभरमा १८ रन खर्चेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?