+
+

पूर्वराजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १३:१६

२६ पुस, काठमाठौ‌ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसरमा उनको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

उनका संवाद सचिव फणिराज पाठकका अनुसार हरेक वर्ष माल्‍यार्पण गर्दै आएका पूर्वराजाले  यसवर्षको पृथ्वी जयन्तीमा पनि सिंहदरबारको मूल गेटमा गएर माल्यार्पण गर्ने कार्यक्रम छ ।

मंगलबार दिउँसो साढे १२ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए । पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?