+
+

मिरगञ्ज पुल भाँसिदा दैनिक १३ करोड राजस्व प्रभावित

विराटनगरको रानी नाकाबाट करीब चार किलोमिटर दक्षिण रहेको भारतमा रहेको मिरगञ्ज पुलबाट आवतजावत बन्द हुँदा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ । पुल बन्द हुँदा विराटनगर नाका रुटका लागि आएका मालबहाक सवारी पुल पारी नै रोकिएका छन् । मालबाहक सवारी रोकिदा भन्सारको राजस्व संकलन पनि प्रभावित भएको छ भने व्यावसायीको लागत पनि बढेको छ ।

हरि अधिकारी हरि अधिकारी
२०७८ पुष २६ गते १४:१८

२७ पुस, विराटनगर। विराटनगरको रानी नाकाबाट करीब चार किलोमिटर दक्षिण रहेको भारतमा रहेको मिरगञ्ज पुलबाट आवतजावत बन्द हुँदा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ ।

पुल बन्द हुँदा विराटनगर नाका रुटका लागि आएका मालबहाक सवारी पुल पारी नै रोकिएका छन् । मालबाहक सवारी रोकिदा भन्सारको राजस्व संकलन पनि प्रभावित भएको छ भने व्यावसायीको लागत पनि बढेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाका अनुसार विराटनगरबाट दैनिक १४ करोड भन्दा बढी राजस्व संकलन हुँदै आएको थियो । बिहीबारयता भने दैनिक डेढ करोडभन्दा कम राजस्व संकलन भएको उनले बताए। ‘पुल बन्द भएका कारण राजस्व संकलन प्रभावित भएको छ,’उनले भने,‘ मालबहाक सवारीको पुल पारी जाम छ ।’

विराटनगरको रानी-भारतको जोगबनी नाका जोड्ने भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट आवतजावत बन्द हुँदा व्यावसायीको ढुवानी खर्च पनि बढेको उद्योगी राजेन्द्र राउतले बताए ।

परमान खोलाको मिरगञ्ज पुल भासिएपछि भारतीय पक्षले बिहीबार दिउँसोबाट ठूला सवारी साधनको आवतजावतमा रोक लगाएको थियो ।

मालबाहक सवारी भारततर्फ नै रोकिदा व्यावसायीले आर्थिक नोक्सानी भोग्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश-१ का वरिष्ठ उपाध्यक्षसमेत रहेका राउतले बताए । उनले भने, ‘मिरगञ्ज पुल भासिदा व्‍यवसायीले नोक्सानी व्यहोर्नु परेको छ। अब यसको विकल्प तत्काल खोज्नुपर्छ।’

पुलमार्फत हुने आवागमन ठप्प हुँदा मोरङ-सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधिजन्य सामग्री बोकेका सवारी साधनहरु रोकिएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

आयात निर्यात सहज नभए औद्योगिक-व्यवसायिक प्रयोजनका मालसामानहरुको अभाव श्रृजना हुने अवस्था रहेको व्यावसायीहरुले बताएका छन् ।

भारतसहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि अररिया-कुर्साकांटा-जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याउनु पर्ने व्यावसायीले माग गरेका छन् ।

मोरङ व्यापार संघले भारतीय दुताबासमा ज्ञापनपत्र बुझाउँदै जिर्ण अवस्थाको पुलको तत्कालै मर्मत गर्न, भासिएको पुल नजिकै निर्माणाधीन पुलको काम तत्काल सक्न र भीमनगर-भान्टाबारी भन्सार नाकाबाट पनि मालवाहक सवारी साधनहरु भित्र्याउने व्यवस्था गर्न माग गरेको छ ।

व्यापार संघको तर्फबाट सोमबार वरिष्ठ उपाध्यक्ष नविन रिजाल र पूर्व अध्यक्ष महेश जाजुले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै बैकल्पिक मार्ग तत्काल खुला गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा मन्त्री खड्काले समस्या सामधान गर्न सरकार गम्भीर भएकाले तत्काल पहल गर्ने बताएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?