+
+

दाङमा चोरीका गहना र नगदसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:३२

२६ पुस, दाङ । दाङमा चोरी भएको गहनासहित दुई जनालाई पक्राउ गरिएको छ । राप्ती गाउँपालिका– १ भालुबाङ बस्ने देबी क्षेत्रीको घरबाट चोरी भएको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भालुबाङकै १८ बर्षीय बसन्त खत्री र २३ बर्षीय खेमराज चौधरी छन् । पक्राउ परेका दुईजनाबाट सुुनको बाला ५ थान, मंगलसुुत्र २ थान, सुनको सोली ४ थान, चाँदीको सिक्का एक थान, ३९ हजार ५ सय नगद र एक थान मोबाइल बरामद भएको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

क्षेत्रीको घरको पूजा कोठामा झोलामा राखेको गरगहना, नगद, रकम र मोबाइल चोरी गरेको निवेदन परेको इलाका प्रहरी कार्यालय भालुबाङमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?