+
+

लागूऔषधसहित हेटौंडामा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:१९

२६ पुस, हेटौंडा । प्रहरीले लागु औषधसहित हेटौंडा उपमहानगरपालिका– ९ बाट ६ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले हेटौंडा–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ बर्षीय विशाल विकको कोठाबाट सीमावर्ती भारतीय नाकाबाट ल्याइएको लागुऔषध फेला परेको हो ।

प्रहरीका अनुसार बिकको कोठाबाट नाइट्रोजेपाम ९७ ट्याब्लेट, निमडोर क्याप्सुल १४८, स्टगन १६ ट्याब्लेट, कोना १२ ट्याब्लेट सहित १६ ग्राम लागुऔषध गाजासहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भई हेटौंडा बस्ने बिक सहित हेटौंडा ९ का २० बर्षीय राज खत्री, २३ बर्षिय रोमन थापा मगर, २१ बर्षीय निरन राई, २२ बर्षीय प्रजेन महर्जन र हेटौंडा १० का १८ बर्षीय सुमितकुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागु औषधसहित कोठामा रहेको सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?