+
+

टाइगर कप भलिबल : पुरुषतर्फ पुलिस र गण्डकी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते २०:४९

२६ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता गण्डकीले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको पुरुषतर्फको पहिलो खेलमा पुलिसले दुई सेटले पछि परेपनि पुनरागमन गर्दै ३ भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई ३-२ को सेटमा हरायो ।

पुरुषतर्फ नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ ले पराजित गरेको छ । हेल्प नेपालले पहिलो सेट २५–१६ ले, दोश्रो सेट ३१–२९ ले जित्दै २-० को अग्रता बनाएको थियो । तर पुलिसले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो । पुलिसले त्यसपछिका सेट २५–१९, २५–२३, १७–१५ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

यस्तै साविक विजेता गण्डकीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई सोझो सेटमा हराउँदै उपाधि रक्षातर्फको यात्रा अघि बढाएको छ । गण्डकीले एपीएफलाई २५–१७,२५–२२, २५–१७ ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?