+
+
Shares

उत्तरकोरियाले प्रहार गर्‍यो एक सातामा दुई वटा क्षेप्यास्त्र

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १२:०१

२७ पुस, काठमाडौं । उत्तरकोरियाले हाइपरसोनिक हतियार परीक्षण गरेको एक हप्ता नबित्दै फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

मंगलबार बिहान उत्तरकोरियाले ‘शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र’ प्रहार गरेको जापान र दक्षिण कोरियाका अधिकारीले जनाएका हुन् । ‘हाम्रो सेनाले आज बिहान ७:२७ बजेतिर पूर्वी सागरतर्फ उत्तरकोरियाले प्रहार गरेको शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र देखेको छ’, दक्षिण कोरियाको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जापानको तट रक्षक बलले समेत उत्तरकोरियाद्वारा ‘ब्यालेस्टिक क्षेप्यास्त्र जस्तो वस्तु’ प्रहार गरिएको जनाएको छ । उत्तरकोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको समाचारमा उल्लेख छ ।

उत्तरकोरियाले गत बिहीबार हाइपरसोनिक हतियार परीक्षण गरेको बताएको थियो ।  उक्त परीक्षणबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल हुँदैछ । सुरक्षा परिषद्को छलफल पूर्व नै अमेरिका र जापान सहितका ६ मुलुकले उत्तरकोरियालाई अस्थिरता निम्त्याउने कार्य अन्त्य गर्न भनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?