+
+

सीजी नेटले ल्यायो ‘स्प्रिेड मोर गेट मोर’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १६:२०

काठमाडौं । सीजी नेटले ‘स्प्रिेड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफरअन्तर्गत सीजी नेत सब्स्क्राइब गर्नेले एक महिनासम्म नि:शुल्क इन्टरनेट पाउनेछन् । साथै ग्राहकले १२० र ५० एमबीपीएस गतिको तीन महिने अफर लिएर अरूलाई रिफर गर्दा १० दिन नि:शुल्क इन्टरनेट पाउने कम्पनीले जनाएको छ । साथै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा २० दिन नि:शुल्क पाउनेछन् ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलका अनुसार काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि कम्पनीले प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित छ । सीजी नेटले अघिल्लो हप्तादेखि मात्र काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन थालेको हो ।

सस्तोमा इन्टरनेट दिने योजनका कारण शुरुआतबाटै चर्चा कमाएको सीजीले ९९९ रुपैयाँमा १२० एमबीपीएस तथा ६४९ रुपैयाँमै ५० एमबीपीएसको गतिमा इन्टरनेट दिइरहेको र सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?