+
+

जानकी फाइनान्सले १५ प्रतिशत बोनस दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:०९

२७ पुस, काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको सञ्चित मूनाफाबाट शेयरधनीहरुका लागि बोनस घोषणा गरेको छ । कम्पनीको मंगलबार दिउसो बसेको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

बोनस शेयरका साथै कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । अहिले यस कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार १ सय रुपैयाँ रहेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको ९ करोड ६१ लाख रुपैयाँ पुँजी थप हुनेछ ।

बोनस शेयर भने नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?