+
+

अनलाइन कराँतेका पदक विजेता सुमन सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १७:०३

२८ पुस, काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराँते डो संघले बुधबार सम्मान गरेको छ ।

नेपाल गोजुरियो कराँते डो संघ एवं एसियाली गोजुरियो कराँते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा.लि. का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे । सुमन सागाका ब्रान्ड एम्बेसडर पनि हुन् ।

डिसेम्बर ३ देखि ५ तारिखसम्म भएको टोरोन्टो इन्टरनेसनल ई-काता च्याम्पियनसिपमा सुमनले स्वर्ण जितेका थिए । उनले पुरुष सिनियर एकल कातामा स्वर्ण जितेका हुन् । प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराँते एसोसिएन(एनएसकेए), क्यानाडाले आयोजना गरेको हो ।

वर्ल्ड युनियन मार्सल आर्ट्स फेडरेसन (डब्लुयुएमएफ), लन्डनको आयोजनामा भएको वर्ल्डकप कराँते ई-काता च्याम्पियनसिपमा सुमनले कांस्य जिते । सुमनसहित फिलिपिन्सका खेलाडी संयुक्त रुपमा तेस्रो भएका थिए । श्रीलंकाका खेलाडीले स्वर्ण तथा बंगलादेशका खेलाडीले रजत जितेका थिए । यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गरेका थिए ।

विगतमा सुमनले २०११ मा बंगलादेशमा भएको तेस्रो एसियाली कन्टिनेन्टल कराँते प्रतियोगितामा स्वर्ण, २०११ मै श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा स्वर्ण, २०१२ मा भारतमा भएको छैटौं एसियाली गोजुरियो खुला कराँते प्रतियोगितामा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँते प्रतियोगितामा कांस्य तथा २०२१ मा जर्मनीमा भएको चेम्निज खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा समान १–१ स्वर्ण र कांस्य जितेका थिए ।

सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि छन् । फ्रान्समा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन कराँते प्रतियोगिता तथा लन्डनमा जनवरी ३० तारिखमा हुने युरोपियन ओपन कराँते प्रतियोगितामा सुमनले सहभागिता जनाउदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?