+
+

स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १७:२१

२८ पुस, काठमाडौं । स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।

‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । अधिकारी भन्छन्, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?